नियम २०
कारोबारको विवरण माग गर्न सक्ने
(१) अनुसन्धान अधिकृतले ऐनको दफा ९ को उपदफा (९) बमोजिम अभियुक्तको कुनै कार्यालय, संघ।संस्था वा कुनै बैङ्क वा वित्तीय संस्था वा सहकारी संस्थामा रहेको कारोबारको विवरण तथा धितोपत्रमा भएको आर्थिक कारोबारको विवरण माग गर्दा अनुसूची – १८ बमोजिमको ढाँचामा सम्बन्धित निकाय वा संस्थामा लेखी पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम विवरण माग गरेकोमा विभागले अनुसूची – १९ बमोजिमको ढाँचामा सो सम्बन्धी अभिलेख खडा गरी उक्त अभिलेखमा राजस्व चुहावट सम्बन्धी सूचना नम्बर, अभियुक्तको नाम, थर, वतन, कारोवारको विवरण तथा विवरण माग गर्न लेखिएको पत्रको मिति र चलानी नम्बर समेत खुलाउनु पर्नेछ ।